
कञ्चनपुर । कञ्चनपुरमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ ।
९५ जनाको क्षमता रहेको कारागारमा अहिले तीन सय ८५ जना कैदीबन्दी छन् । स्थान अभावका कारण उनीहरुलाई त्रिपालको अस्थायी टहरा बनाएर व्यवस्थापन गर्नुपर्ने अवस्था आएको जेलर माया कुमारी बस्नेत थापाले जानकारी दिनुभयो ।
कारागारको भवनसमेत जीर्ण बनेको छ ।
प्रतिक्रिया दिनुहोस्