१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा मंसिर अन्तिमदेखि


0
Shares

काठमाडौं, कात्तिक २६ । पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा आउँदो मंसिर अन्तिम सातादेखि हुने भएको छ ।

विश्वविद्यालयको कार्यकारी परिषद्ले परीक्षा मंसिर अन्तिम सातादेखि गर्ने निर्णय गरेको सूचना सार्वजनिक गरिएको छ ।

स्वास्थ्यको मापदण्ड पालना गरेर भौतिकरूपमा नै उपस्थित गराएर परीक्षा गर्ने विश्वविद्यालयले निकालेको सूचनामा उल्लेख गरिएको छ ।

यसअघि, विश्वविद्यालयले ‘लकडाउन’ खुलेसँगै भदौ पहिलो सातादेखि परीक्षा गर्ने कार्यतालिका प्रकाशित गरेको थियो ।

कोरोना संक्रमणका कारण केही जिल्लामा सरकारले निषेधाज्ञासमेत जारी गरेको हुँदा अवस्था सामान्य नहुन्जेलसम्मका लागि परीक्षा स्थगित गरिएको थियो ।