
काठमाडौं, कात्तिक २७ । नेपाल चलचित्र निर्माता संघले तिहारलगत्तै चलचित्र छायांकनका लागि अनुमति दिन सरकारलाई आग्रह गरेको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेपनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदन्ड अपनाएर काम गर्ने भन्दै संघले छायांकन र हल खोल्ने अनुमति दिन माग गरेको हो ।
‘लकडाउन’ खुलेसँगै अन्य क्षेत्रहरु खुला गरेको सरकारले चलचित्र क्षेत्र अहिलेसम्म सञ्चालनको अनुमति नदिएर अवहेलना गरेको संघका अध्यक्ष आकाश अधिकारीले बताउनुभयो ।
अहिले चलचत्रि क्षेत्र बन्द हुँदा प्रत्यक्षरुपमा ३५ हजार र यस क्षेत्रमा आश्रित एक लाख ७५ हजार बढी व्यक्ति बेरोजगार बसेको उहाँले बताउनुभयो ।
उहाँले धेरै समयमा उद्योग बन्द हुँदा प्राविधिक र दक्ष जनशक्ति पलायन हुने खतरा भएकाले यसतर्फ पनि ध्यान दिन आग्रह गर्नुभयो ।
अहिले लकडाउन खुकुलो भएपनि धेरै क्षेत्रहरु बन्द छन् । विशेषगरी बढी भिडभाड हुने क्षेत्रहरु विद्यालय, मठ–मन्दिर, चलचित्र क्षेत्रहरुलगायत बन्द छन् ।
पछिल्लो समयमा काठमाडौं उपत्यकामा संक्रमणको दर पनि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्