
काठमाडौं, कात्तिक २७ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले चाडपर्व मनाउँदा अनावश्यकरुपमा जमघट नहुन आग्रह गरेको छ ।
प्रशासनले बिहीबार एक सूचना जारी गरी देउसी–भैलोलगायतका समूहमा गरिने मनोरञ्जनात्मक क्रियाकलापहरु नगर्न भनेको हो ।
यस्तै, समुदायमा अशान्ति फैलाउने किसिमका आतिसबाजी साथै पटका पड्काउने कार्य नगर्न प्रशासनले सबैमा अनुरोध गरेको छ ।
‘कानुनले वर्जित गरेका तथा नगर्न/नगराउनु भनी निर्देशन दिएका क्रियाकलापहरु भए गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत सबैको जानकारीका लागि अनुरोध छ’–सूचनामा भनिएको छ ।
मानिसको आवतजावत र भिडभाडले कोरोना संक्रमणको जोखिम थप बढ्सक्ने भन्दै प्रशासनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदन्डको अनिवार्यरुपमा पालना गर्नु सबैको दायित्व भएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्