
काठमाडौं, कात्तिक २७ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक शुक्रबार (भोलि) पनि बस्ने सम्भावना न्यून रहेको नेताहरुले बताएका छन् ।
क्रियाशील सदस्यता, गठन भएका विभागहरुको खारेजी, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुले अधिवेशन नगरी महाधिवेशनमा प्रतिनिधित्व नपाउने, महाधिवेशनको सुनिश्चिततालगायत १६ बुँदे ध्यानाकर्षणपत्रमा सहमति नबनेसम्म बैठक बस्ने अवस्था नभएको वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यसअघि सातपटकको बैठकपछि पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले पौडेल समूहले उठाएको अधिकाश विषयहरु सम्बोधन गर्ने सैद्धान्तिक सहमति गरेको थियो ।
बैठकले महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहाद्ुर खड्कालाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिएको थियो ।
यसअघि, आजका लागि डाकिएको बैठक पनि संस्थापन र इतर समूहबीच सहमति नबन्दा भोलिका लागि सारिएको हो ।
प्रतिक्रिया दिनुहोस्