२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


नेप्से १० अंकले उकालो


0
Shares

काठमाडौं, कात्तिक २७ । साताको अन्तिम दिन बिहीबार पनि सेयरबजारमा दोहोरो अंकको सुधार आयो । कारोबार चार अर्बमाथि रह्यो ।

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंकले उकालो लागेर १७ सय १८ विन्दुमा पुगेर थामियो ।

यसदिन केही समूह हरियो रहेबाहेक अधिकांश समूह रातो रहे ।

यसदिन व्यापार समूहमा १६४ अंकको सुधार आउँदा वाणिज्य बैंक, निर्जीवन बिमा र अन्यसमूहमा दोहोरो अंकको सुधार आयो । होटल जीवनबिमा र उत्पादनमूलक समूह दोहोरो अंकले ओरालो लाग्यो ।

यसदिन ६३ कम्पनीको सेयर मूल्य बढ्दा ९३ कम्पनीको सेयर मूल्य घट्यो ।

साताको पहिलो दिनदेखि नै उकालो लाग्दै आएको सेयरबजार साताभरमा ७३ अंकले उकालो लागेको छ ।

बिहीबार १९८ कम्पनीको १३ करोड ८८ लाख कित्ता सेयर चार अर्ब ८२ करोडमा किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।