२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


नेकपा सचिवालय बैठक आज बस्दैं


0
Shares

ncp sachiwalaya meeting discussion on dr kc strike

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएसँगै महासचिव विष्णु पौडेलले आज अपराह्न बस्ने गरि बैठक बोलाउनु भएको छ ।

उहाँले यसबारे सचिवालयका सदस्यहरुलाई जानकारी गराउनुभएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित सचिवालयका बहुमत सदस्यले बैठकका बोलाउन माग गर्दै आएका थिए ।

तर प्रधानमन्त्री ओलीले बहुमतको आडमा आफुलाई पेल्न खोजेको भन्दै सचिवालय बैठक बोलाउन अस्विकार गर्दै आउनु भएको थियो ।

प्रधानमन्त्री ओलीले बैठक बोलाउन आनाकानी गरेपछि प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबार लिखितपत्र दिएरै बैठकको माग गरेका थिए ।

प्रचण्ड–नेपाल समूहले हिजो बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो ।

सचिवालय बैठक बोलाउने विषयलाई दुई पक्षले प्रतिष्ठाको विषय बनाउँदा नेकपामा विभाजन हुने खतरा बढेको नेताहरुले नै बताउँदै आएका थिए ।

ओली सहमत नभए कार्यकारी अध्यक्षको हैसियतमा आफैले सचिवालय बैठक बोलाउने प्रचण्डले तयारी गर्नु भएको थियो ।