
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारको समयमा विद्युत् आपूर्ति पर्यापत हुने स्पष्ट पारेको छ ।
विगतका वर्षहरुमा लक्ष्मी पूजाको दिन अत्याधिक विद्युत् माग हुने गरेकाले यस पटक भने सामान्य दिनमा भन्दा अझ कम खपत हुने प्राधिकरणको अनुमान छ ।
तिहारका बेला विद्युत् आपूर्तिमा कमि नआउने र ग्राहकले अविछिन्न रुपमा विद्युत्को प्रयोग गर्न पाउने प्राधिकरणले जनाएको छ ।
विगतका वर्षहरुको उद्योगधन्दा र कलकारखानासमेत सञ्चालन हुने गरेकाले विद्युत्को माग अत्याधिक हुने गरेको थियो ।
तर यस वर्ष कोरोना महामारीका कारण होटल तथा कलकारखानाहरु पूर्ण क्षमतामा सञ्चालन हुन नसकेकाले विद्युत्को चाप नरहेको प्राधिकरणको भनाइ छ ।
प्राधिकरणको भार प्रेषण केन्द्रका अनुसार अहिले दैनिक औषत माग प्रतिघण्टा एक हजार २५० मेगावाट रहेको छ ।
तर कोरोनाका कारण बन्द रहेका स्थानमा लक्ष्मी पूजालगायत तिहारका दिनमा थप विद्युत् खपत हुने छैन ।
पछिल्ला दिनमा राष्ट्रिय प्रशारण लाइनमा निजी क्षेत्रका आयोजनाबाट ४८० मेगावाट, प्राधिकरणका आफ्नै आयोजनाबाट ५२० मेगावाट र करिब ८० मेगावाट विद्युत् भारतबाट आयात हुने गरेको छ ।
पिक डिमाण्डको समयमा भने भारतबाट २५० मेगावाटसम्म आयात हुने गरेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्