१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द


0
Shares

कञ्चनपुर । महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ ।

पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।

आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिनुभयो ।

अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत गर्न लागिएको हो ।

गतवर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले ६० लाख खर्चेर ठेक्का प्रकृयामाफर्त मर्मत गरेको थियो ।

डडेल्धुराको खाम्पाचे-देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी–५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो ।

पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ ।

नेपालमा रहेका सबै प्रकारका पुलमध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । विसं २०६१ सालमा ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो ।

सो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । रासस