
बर्दिया । बर्दियाका युवाहरु कुखुरा पालनतर्फ आकर्षित हुन थालेका छन् ।
कोरोनाका कारण रोजगारी गुमेपछि यहाँका युवाहरुले स्वरोजगार बन्नका लागि व्यावसायिक रुपमै कुखुरा पाल्न थालेका हुन् ।
४ वर्ष पहिलाबाट प्रतिव्यक्ति मासिक एक हजार पाँच सय रुपैया मासिक जम्मा गर्दै १२ लाख ५० हजार रुपैयाको लगानीमा २ बिगाह जग्गा भाडामा लिएर व्यवसायीक रुपमा कुखुरा पालन शुरु गरेको बताउनु हुन्छ फर्मका संचालक पवन चौधरी ।
लोकल, कडकनाथ, जातका २ हजार ५ सय कुखुरा पालनबाट सुरु गरेको व्यवसायबाट पहिलो पटक २ लाख रुपैया मुनाफा लिएको बताउदै आगामी दिनमा कुखुरा सँगै बाख्रा तथा तरकारी खेति समेत शुरु गर्ने लक्ष्य राखेको संचालक चौधरीको भनाई छ ।
महंगो मुल्य, कुखुरा खोज्न टाढा जानुपर्ने र भनेको बेला कुखुरा नपाइने समस्या थियो अहिले जतिबेला भनेपनी कुखुरा पाउदा सहज भएको यहाँका स्थानिय व्यापारीको भनाई छ ।
राज्यले कृषि, पशु क्षेत्रमा बर्षेनी खर्बौ लगानी गरेपनी युवाहरु बिदेशीने क्रम चलेकै छ । अनुदानका रुपमा गरिने लगानीको दुरुपयोग रोक्न यस्ता व्यवसायीहरुलाई राज्यले लगानी गर्न सक्नुपर्छ ।
यदि यसो गरेमा बिदेशी आयात रोकिनुका साथै स्थानिय उत्पादन र रोजगारिको राम्रो अवसर मिल्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्