१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोदो लगाउने किसानलाई अनुदान


0
Shares

बागलुङ, कात्तिक २८ । बागलुङको ढोरपाटन नगरपालिकाले कोदो संरक्षण नीति ल्याएको छ ।

कोदोको ठाउँमा अरू खेतीपाती गर्दा यसको उत्पादन कम हुन थालेपछि नगरपालिकाले कोदो लगाउने किसानलाई अनुदान दिने नीति ल्याएको हो ।

ढोरपाटन नगरपालिकाले कोदो बालीको संरक्षण गर्दै धेरै उत्पादन गर्ने नीति बनाएपछि कोदो खेती गर्ने कृषकहरुसमेत उत्साहित भएका छन् ।

कोदोको ढिडो सहरका हुने खानेहरूको राम्रो खानाको रूपमा परेपछि यतिबेला कोदोको माग ह्वात्तै बढेको हो ।

कोदोको माग बढेपछि नगरपालिकाले कोदो संरक्षणको नीति ल्याएको हो ।

अहिले राजधानीका तारे होटलदेखि सानोतिनो होटलमा समेत ढिडो खानेहरूको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि किसानलाई अनुदान दिएर खेती गर्न प्रोत्साहन गरिएको हो ।

कृषकहरूले कोदोको ठाउँमा तरकारीलगायतका फलफूल खेती गर्न थालेसँगै कोदो क्रमशः लोप हुँदै गएको छ । यसैले ढोरपाटन नगरपालिका कोदो संरक्षण अभियानमा लागेको हो ।

कृषकका लागि प्रोत्साहन गर्न १५ लाख रूपैयाँ अनुदान दिइएको छ भने यस वर्ष पनि १५ लाख रुपैयाँ बजेट छुट्ट्याइएको छ ।