५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बैतडीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु


0
Shares

बैतडी, कात्तिक २८ । बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

शुक्रबार दशरथचन्द राजमार्गअन्तर्गत् पाटन नगरपालिका–४, जोलाबाँजमा ट्याक्टर दुर्घटना हुँदा बारबर्दिया नगरपालिका–८ का खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको हो ।

लु४प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।