
तस्वीरः एन्फा ।
काठमाडौं, कात्तिक २८ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा शुक्रबार बंगलादेशसित २–० गोलको हार व्यहोरेको छ ।
बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा घरेलु टोलीले दुवै हाफमा एक/एक गोल गरेको थियो ।
बंगलादेशले ११औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । ८०औं मिनेटमा अग्रता दोब्बर बनाएको थियो ।
दुई वर्षअघि यी दुई टोलीबीच भएको अन्तिम भिडन्तमा नेपाल २–० गोलले विजयी भएको थियो ।
नेपालले करिब एक वर्षपछि अन्तर्राष्ट्रिय फुटबल खेलेको हो । कोरोना महामारीपछि खेलमा फर्कन दुवै टोलीले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
बंगलादेश र नेपालबीच दोस्रो मैत्रीपूर्ण खेल मंसिर २ गते हुनेछ ।
प्रतिक्रिया दिनुहोस्