
काठमाडौं । भारत र चीनले विवादास्पद सीमा क्षेत्रको स्वामित्व विवाद समाधानका लागि दशगजा क्षेत्र निर्माण गर्ने सहमति जनाएका छन् ।
गत जुनमा भारत र चीनको सीमा क्षेत्रमा रहेको लद्दारमा दुवै देशका सुरक्षाकर्मीबीच विवाद हुँदा कम्तिामा २० जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो ।
चिनियाँ पक्षका सैनिकको क्षतिको बारेमा भने अहिलेसम्म खुलाइएको छैन ।
त्यसयता पटक पटक भएका वार्तामा दुवै देशका उच्च सैनिक अधिकारी र सरकारी प्रतिनिधिले विवादास्पद क्षेत्रमा हतियारसहित गस्ती नगर्ने र नो म्यान जोन स्थापना गर्ने सहमति जनाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
चिनियाँ सुरक्षाकर्मीको कारवाहीमा भारतीय सैनिकको मृत्यु भएसँगै दुवै देशबीचको सम्बन्ध थप विवादित बनेको थियो ।
त्यसयता भारले सीमा क्षेत्रको लद्दाख र चीनले पठान क्षेत्रमा सुरक्षाकर्मीको संख्या बढाउनुका साथै सैन्य कृयाकलावहरु पनि बढाएका छन् ।
दुवै देशका उच्च सैन्य तथा सरकारी अधिकारीहरु वार्तामै रहेका बेला सीमा क्षेत्रमा भने थप तनाव बढेको बताइएको छ ।
दुवै देशले सीमा स्वामत्विमा आफ्नो रहेको दावी गरेको क्षेत्र ८ सय किलोकिटर लम्बाइ रहेको बताइएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्