
काठमाडौं । तिहारमा तीन दिनसम्म वाणिज्य बैंकका शाखा कार्यालयहरु बन्द हुने भएका छन् ।
बैंकका करिब ६ हजार कर्मचारीसमेत कोरोना संक्रमणको दर दिनहुँ बढ्दै गएको बताउँदै नेपाल बैंकर्स संघले सूचनामार्फत् आजदेखि मंसिर १ गतेसम्म तिहार विदामा बैंक गर्न लागेको हो ।
बैंकका सबै शाखाहरु बन्द हुने भएता पनि डिजिटल बैंकिङ्ग सेवा सुचारु हुने भएकाले सोही माध्यमबाट कारोबार गर्न सकिने संघले जनाएको छ ।
साथै, सोे अवधिमा एटीएम सेवासमेत यथावत रुपमा प्रयोग गर्न सकिनेछ ।
कोरोनाको संक्रणबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि डिजिटल बैंकिङ्गको अधिकत्तम प्रयोग गर्न पनि संघले आग्रह गरेको छ ।
कोरोनाको संक्रमण पछिल्ला केही दिनहरुमा झन् बढ्दै गएको भन्दै संघले ग्राहकलाई घरबाटै कारोबार गर्न तथा आफू र अरुलाई सुरक्षित राख्न सुझावसमेत दिएको छ ।
गत वर्ष दसैं तथा तिहारको बिदामा समेत समिति बैंकका काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका बैंक तथा वित्तीय संस्थाले यस वर्ष कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै सेवा बन्द गर्ने निर्णय गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्