१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सस्तो मूल्यमा बजाज पल्सर १२५ नयाँ मोडल भारतमा लन्च


0
Shares

काठमाडौं । बजाज अटोले पल्सर १२५ स्प्लिट सिट मोडललाई ड्रम ब्रेक भेरिएन्टमा भारतमा लन्च गरेको छ ।

उक्त नयाँ भेरिएन्टको मूल्य ७३ हजार २७४ भारु तोकिएको छ । सो बाइकको डिस्क ब्रेक भेरिएन्टको मूल्य ८० हजार २१८ भारु छ ।

यसको अर्थ डिस्क भन्दा ड्रम ब्रेक भेरिएन्टको मूल्य ७ हजार भारु कम छ । सो बाइक ब्ल्याक रेड र ब्ल्याक सिल्भर कलर अप्सनमा उपलब्ध छ ।

बजाजले गत जुन महिनामा स्प्लिट सिट भेरिएन्ट लन्च गरेको थियो । स्ट्यान्डर्ड पल्सर १२५ को तुलनामा स्प्लिट सिट भेरिएन्टमा धेरै फिचर थप भएका छन् ।

यसमा स्प्लिट सिट, स्प्लिट ग्रयाब रेल र स्पोर्टी बेली प्यान सामेल छ । यसले गर्दा यो स्ट्यान्डर्ड पल्सर भन्दा फरक देखिन्छ । सो बाइक तीन कलर अप्सनमा उपलब्ध छ ।

नयाँ पल्सर स्प्लिट सिट भेरिएन्टमा स्ट्यान्डर्ड पल्सर १२५ मा भएकै इन्जिन छ । बीएस ६ कम्प्लायन्ट सो इन्जिनले ११।६ बीएचपी पावर र १०।८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५–स्पिड गियरबक्स छ ।

सो बाइकको फ्रन्टमा २४० एमएम डिस्क ब्रेक र रियरमा १३० एमएम ड्रम ब्रेक छ । यसमा १७ इन्चको ह्विल छ । फ्रन्टमा ३१ एमएमको टेलिस्कोपिक फोर्क्स र रियरमा ट्विन ग्यास चार्ज्ड सक एब्जर्बर सस्पेन्सन छ ।

नेपाली बजारमा भने यो बाइक आउन अझै केही समय लाग्न सक्छ ।नेपाल अटो