४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


धनगढीमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु


0
Shares

धनगढी । धनगढीमा शनिबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

उप–महानगरपालिकाको वडा नम्बर १६ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पताल धनगढीका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले ब्लड क्यान्सर पिडीत पुरुषको कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जानकारी दिनुभयो ।

कात्तिक २२ गते कोरोना पोजिटिभ देखिएपछि उनको २३ गतेदेखि कोभिड अस्थायी अस्पतालमा उपचार भइरहेको थियो । यो सँगै प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या ४४ पुगेको छ ।