२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


कोरोना संक्रमित डा.गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने


0
Shares

काठमाडौं । कोरोना संक्रमित डाक्टर गोविन्द केसीको सबै खर्च सरकारले ब्यहोर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत केसीको कोरोना उपचारमा लाग्ने सबै खर्च सरकारले ब्यहोर्ने जानकारी गराउनुभएको छ ।

उहाँले डाक्टर केसीको स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले डाक्टर केसीको उपचार निःशुल्क गराउने घोषणा गरेपनि यसअघि नै कोरोना संक्रमित सबैको उपचार निःशुल्क गराउने सरकारले स्पष्ट पारिसकेको छ ।