४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


चितवनमा दसैं भन्दा तिहारमा किनमेल गर्नेको भीड दोब्बर


0
Shares

चितवन । चितवनमा किनमेलको लागि भीडभाड बढेको छ । तिहार लक्षित किनमेलका लागि स्थानीयको घुइँचो लागेको हो ।

दसैं भन्दा तिहारमा दोब्बरले भीडभाड बढेको हो । जिल्ला प्रशासन कार्यालय चितवनले भीडभाड नगरी पर्व मनाउन सूचना जारी गरेपनि बजारमा स्वास्थ्य मापदण्डको पालना नगरी किनमेल गर्नेको संख्या बढेको छ ।

नारायणगढ बजारको शहिदचोक, पुल्चोक, भित्री बजारहरुमा मास्कसमेत प्रयोग नगरी किनमेल गर्नेहरुको संख्या बढेको हो ।

सवारी व्यवस्थापनमा ट्राफिक प्रहरी परिचालन भएपनि भौतिक दूरी कायम भएको छैन् । भिडभाड बढेको गुनासो बढेपछि प्रशासन कार्यालय चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले सुरक्षा निकाय र स्थानीयतहसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो ।

चाडपर्वकै कारण कोभिड १९ को संक्रमण नहोस् भन्नेतर्फ व्यक्ति स्वयं पनि सचेत हुनुपर्ने उहाँको भनाइ छ ।