
रसुवा । रसुवामा भूकम्प पीडितका घर निर्माण अन्तिमा चरणमा पुगेको छ ।
भूकम्पले क्षति भएका १२ हजार ८ सय १९ घर मध्ये ११ हजार १ सय ८ वटा घर पुनर्निर्माण भएको जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ ।
लाभग्राहीमध्ये १२ हजार १ सय ८० जनासँग अनुदान सम्झौता भएकोमा १२ हजार १ सय ८० ले पहिलो किस्ता र ११ हजार ६ सय ८ जनाले दोस्रो किस्ता बुझेका छन् ।
भूकम्प गएको साढे पाँच वर्ष बितिसक्दा पनि करिब दुई हजार घरको पुनर्निर्माण अझै सकिएको छैन । कतिपय भूकम्प पीडितले भने पहिलो किस्ताको रकम मात्र बुझेका छन् ।
निजी आवास पुनर्निर्माणका लागि प्राधिकरणले पटक पटक समय सीमा तोक्दै आएको छ । घर मात्र भत्किएका प्रभावितले घर बनाउने काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्