
पाँचथर । पाँचथरमा पछिल्लो समय धमाधम सशस्त्र प्रहरी बलको बिओपी पोष्ट स्थापना गरीएको छ ।
सीमा क्षेत्रमा हुने वन्यजन्तु, जडिबुटी, वन पैदावर चोरी निकासी, सीमा स्तम्भ भत्काउने र गायव गर्ने क्रम बढेपछि यसको सुरक्षाको लागि बिओपी पोष्टको स्थापना गरिएको हो ।
दुई दिन अघि मात्रै पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर १ लामपोखरीमा सशस्त्र प्रहरी बल तोरीफूले बिओपी पोष्ट स्थापना गरिएको छ ।
पर्यटकीय क्षेत्र रहेको त्यस क्षेत्रमा होम स्टेको निम्ति स्थापना गरिएको उक्त भवनमा अहिले अस्थायी बिओपी पोष्ट राखिएको छ ।
बिओपी पोष्ट स्थापना गर्दा गाउँपालिकाले १५ लाख रुपैया लगानी गरेर भवनको ब्यवस्थापन लगायत त्यस क्षेत्रमा आवश्यक पूर्वाधारको ब्यवस्था गरेको गाउँपालिकाका अध्यक्ष लेखनाथ घिमिरेले बताउनुभयो ।
सरकारले मुलुकभर यसै आर्थिक वर्ष २०७७/०७८ मा दुईसय २१ वटा बिओपी पोष्ट स्थापना गर्ने लक्ष्य लिएकोमा अहिलेसम्म १ सय ८५ वटा बिओपी पोष्ट स्थापना भइसकेको नम्बर १ सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालयले जनाएको छ ।
सीमा क्षेत्रको रक्षा गर्दै नेपालको भूगोल मिच्न नदिने, अवैध रुपमा हुने प्राकृतिक दोहनलाई नियन्त्रण गर्ने, वन पैदावरको संरक्षण गर्ने,अवैध रुपमा हुने चोरी तस्करीलाई नियन्त्रण गर्ने उद्देश्यको साथ बिओपी पोष्ट स्थापना गरिएको नम्बर १ सशस्त्र प्रहरी बल नेपाल बराह बाहिनी मुख्यालयका सहायक बाहिनीपती कमल गिरीले जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बलको बेस क्याम्प बसेपछि पर्यटकिय यस क्षेत्रमा सहज रुपमा पर्यटकहरुलाई आवतजावत गर्न सहज हुने बहुमुल्य जडिबुटी चोरी निकासी पूर्ण रुपमा रोकिने,प्रतिवन्धित रुखहरु कटान गरी बाहिर निर्यात गरिने कार्य वन्द हुने गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष मोहन ढुंगेल बताउनुहुन्छ ।
यसअघि यस क्षेत्रमा पर्यटकहरुलाई हिड्डुल गर्न समस्या रहेको,बहुमुल्य जडिबुटी निकाशी, र लोपउन्मुख वन्यजन्तुको चोरीसिकारी वढेको हुँदा बेस क्याम्प स्थापना पछि सहज हुने बताइएको छ ।
बिओपी पोष्ट नहुँदा यस क्षेत्रमा सीमा स्तम्भ गायव हुने,पर्यटकहहरुलाई आवतजावत गर्न समस्या हुने, बहुमुल्य जडिबुटी र लोपोउन्मुख वन्यजन्तुको चोरी निकासीलगायत सीमा क्षेत्रमा अवान्छित गतिविधि हुने गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्