
पाल्पा । गाई तिहारको अवसर पारेर पाल्पामा गौशाला निर्माण गरीएको छ । गाईको संरक्षणका लागि रामपुरमा गौशाला निर्माण गरिएको हो ।
पतञ्जली योग पिठको समन्वय रामपुर नगरपालिकको व्यवस्थापन र स्थानिय हिन्दु धर्मावलीहरुको आयोजनामा कालीगण्डकी नदीको तातोपानी घाटमा गौशाला निर्माण गरी गाईको संरक्षण गर्न लागिएको हो ।
रामपुर नगरपालिकाको व्यवस्थापनमा २ सय रोपनी भन्दा बढी क्षेत्रफलमा चरनको व्यवस्थापनसहित स्थानीय जातको गाईको संरक्षणसहित गौशाला परिसरमा वर पिपल, तुलसी रोपण गरी धार्मिक पर्यटक प्रवद्धन गर्ने उद्देश्यले गौशालाको निर्माण गरिएको हो ।
धार्मिक, सांस्कृतिक र आयुर्वेद चिकित्सा विज्ञानमा गाईको मल मुत्रको महत्व बढी भएको र त्यसै गरी कृषि क्षेत्रमा समेत गाई उपयोगी भएकोले मल मुत्रलाई प्रयोग तथा उपयोग गर्ने उद्देश्यले पनि गौशालाको निर्माण गरीएको हो ।
लक्ष्मीको प्रतिकका रुपमा पुज्ने गाइको संरक्षण जिल्लामा पहिलो पटक रामपुर नगरले सुरु गरेको हो । गौशालामा १ सय ४२ वटा गाइहरु राखिए पालिएका छन् ।
कालीगण्डकी नदीको किनारामा निर्मित गौशालामा स्थानीय बासिन्दाहरुले गोवद्धन पहाडको प्रतिक समेत निर्माण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्