१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


प्रचण्डले एकल प्रस्ताव फिर्ता नलिए सचिवालय बैठक स्थगित गर्ने प्रधानमन्त्री ओलीको तयारी


0
Shares

काठमाडौं । सत्तारुढ नेकपाको आन्तरिक विवाद झन् चर्किँदै गएको छ ।

शुक्रबार सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै प्रस्ताव पेश गरेपछि नेकपाको विवाद झन् चुलिएको हो ।

केही दिनअघि अध्यक्ष दाहाल पक्षका पाँच जना नेताले सचिवालय बैठकका लागि प्रधानमन्त्री एवम अध्यक्ष केपी शर्मा ओलीलाई लिखित रुपमा आग्रह गरेपछि सचिवालय बैठक बसेको हो ।

दाहाल पक्षको पत्रको जवाफ लिखित रुपमै दिँदै प्रधानन्त्री ओलीले सहमति अनुसार नै आफू अघि बढेको जवाफ दिएपछि नेताहरु झन् चिढिएका छन् ।

मंसिर ३ गते बस्ने सचिवालय बैठकमा थप छलफल गर्ने नेताहरुले बताएका छन् । सचिवालयमा दाहाल पक्षको बहुमत रहेकाले प्रचण्डको प्रस्ताव फिर्ता लिन ओली समूहले दवाव दिएको छ ।

प्रधानमन्त्री ओलीले सचिवालय बैठक लगत्तै आफू पक्षका नेताहरु इश्वर पोखरेल, शंकर पोखरेल र सूर्य थापालगायतका नेताहरुमार्फत दाहालको प्रस्ताव कुनै कमिटीमा छलफल हुनै नसक्ने सन्देश दिनुभएको छ ।

दाहालले आफ्नो प्रस्ताव फिर्ता नलिए पार्टी फुट्न सक्ने भन्दै तत्कालै कुनै संवाद नै अघि नबढ्ने बताएका छन् ।

उहाँले घुमाउरो पारामा दाहालले प्रस्ताव फिर्ता नलिएर बैठक पुनः स्थगित गर्ने निर्णय गरेको निकटस्थ नेताहरुले बताएका छन् ।

यता प्रचण्ड पक्ष भने सचिवालय बैठकबाटै मंसिर ३ गते अर्को सचिवालय बैठकको मिति तय भएकाले यो बैठक कुनै पनि हालतमा स्थगित हुन नहुने पक्षमा उभिएको छ ।

दाहालले पेश गरेको प्रस्ताव पाँच जना नेताको भएकाले फिर्ता नहुने अडान उनीहरुको छ ।