१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अर्मेनिया-अजरबैजान युद्धविरामः विवादास्पद क्षेत्र हस्तान्तरण गर्न सुरु


0
Shares

काठमाडौं । अर्मेनियाले विवादास्पद क्षेत्रको स्वामित्व अजरबैजानलाई हस्तान्तरण गर्न सुरु गरेको छ ।

करिब ६ साता लामो विवादपछि शान्ति सम्झौता गर्दै स्वामित्व विवाद अन्त्य गर्न दुवै पक्ष सहमत भएका हुन् ।

अजरबैजानको कालाबाजार जिल्लाका सर्वसाधारणलाई अर्मेनियाले नियन्त्रणमा लिएका थियो ।

पछिल्ला दिनहरुमा दुवै पक्षबीच गोलाबारी हुँदा कयौ मारिए भने हजारौं सर्वसाधारण बिस्थापित भएका थिए ।

अजरबैजानले काराबास क्षेत्रबाट विस्थापित सर्वसाधारणलाई घर फिर्ता हुन सहयोग गर्नेसमेत प्रतिवद्धता जनाएको समाचारमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयका अनुसार नोभेम्बर २५ सम्म अर्मेनियाली सशस्त्र सेनाले कालाबजारलगायतका क्षेत्रमा गैरकानुनी रुपमा बसोबास गर्दै आएका अर्मेनियालीलाई फिर्ता हुन सहयोग गर्ने भएको छ ।

अर्मेनिया र अजरबैजानको जारी युद्ध अन्त्य गरी शान्ति सम्झौताका लागि रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले मध्यस्थता गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

गत हप्ता नगरोनो काराबाखमा खटाइएका रुसी शान्ति सेनाले यस क्षेत्रको प्रशासनिक केन्द्र स्टेपनाकर्टमा चेकपोष्टहरु खडा गरेर शान्ति सम्झौताको पालना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ ।

रसिया, फ्रान्स र संयुक्त राज्य अमेरिकाले झण्डै दुई महिनाको झडपपछि युद्धविरामका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।(एजेन्सी)