१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भाइटीका र नेपाल संवतका अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना


0
Shares

काठमाडौं । भाइटीका तथा नेपाल संवत ११४१ को अवसरमा अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिनुभएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

उहाँले यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वले सामाजिक सद्भाव कायम राख्न सहयोग गर्ने बताउनुभएको छ ।

उहाँले स्वास्थ्य सावधानका उपाय अपनाएर भाइटीका तथा नेपाल संवत नयाँ वर्ष मनाउन पनि आग्रह गर्नुभएको छ ।

त्यसैगरी पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल, माधव नेपाल, शेरबहादुर देउवा र बाबुराम भट्टराई लगायतका नेताहरुले पनि नेपाल संवतको उपलक्षमा शुभकामना व्यक्त गर्नुभएको छ ।