१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी


0
Shares

ललितपुर । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ ।

कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो ।

लामो समयसम्म बन्द रहँदा जीव जनावरको खानपान र कर्मचारी व्यवस्थापन गर्न समस्या भएकाले खोल्न लागिएको चिडियाखाना व्यवस्थापन प्रमुख डा.चिरञ्जिवीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

मास्क अनिवार्य ल्याउनुपर्ने, एक पटकमा ८०० मानिसलाई मात्र अवलोकन गर्न दिने, चिडियाखानाभित्र बसेर खान र जनावरलाई खुवाउन र छुन नपाउने, एक जना बढीमा डेड घण्टा मात्र बस्न पाउने, बालबालिकालाई खेलाउन नपाउनेजस्ता मापदण्ड तयार गरिएको छ ।

हाल चिडियाखानामा ११० प्रजातिका एक हजार ६८ वटा जीव जनावर रहेका छन् । चिडियाखानामा रहेका जवनावर अवलोकन गर्न आउने करिब ११ लाख दर्शकको प्रवेश शुल्कबाट वार्षिक १५ देखि १६ करोड रुपैयाँसम्मको आर्थिक कारोबार हुने गरेको छ ।

प्रधानमन्त्री श्री ३ जुद्ध शम्शेर जङ्गबहादुर राणाले सन् १९३२ मा निजी चिडियाखानाको रुपमा स्थापना गरेका हुन् ।

विसं २०११ बाट सर्वसाधरणका लागि खुल्ला गरिएको चिडियाखानाको व्यवस्थापनको जिम्मा विसं २०५२ बाट ३० वर्षका लागि नेपाल सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोषलाई हस्तान्तरण गरेको हो ।