२७ चैत्र २०८१, बुधबार | Wed Apr 9 2025


नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीको प्रतिवद्धता जनाउने मुलुक बन्यो चीन


0
Shares

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा चीनले नेपालमा सबैभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को प्रतिवद्धता जनाएको छ ।

यस अवधिमा चीनले नेपालमा १३२ मिलियन अमेरिकन डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ ।

कोभिड–१९ का कारण पर्यटन क्षेत्र एकदमै प्रभावित भए पनि यस अवधिमा सबैभन्दा बढी एफडीआई प्रतिवद्धता पर्यटन क्षेत्रमा आएको छ ।

केही वर्षयता निरन्तररुपमा चीन नेपालमा प्रत्यक्ष लगानी गर्ने पहिलो मुलुक बन्दै आएको छ ।

चिनियाँ सञ्चार माध्यम सिन्हाले जनाएअनुसार पर्यटन क्षेत्रमा चीनले ८९ मिलियन अमेरिकी डलर लगानी गर्ने प्रतिवद्धता गरेको छ, जुन चीनले नेपालमा प्रतिवद्धता गरेको एफडीआइएको ६६ प्रतिशत हुन आउँछ ।

चीनले विशेषतगरी होटल र रेष्टुरेन्ट क्षेत्रमा सो प्रतिवद्धता आएको हो । यस अवधिमा ब्रिटिश भर्जिन आइल्याण्ड, भारत, ब्रिटेन र मेक्सीकोले पनि लगानीको प्रतिवद्धता गरेका छन् ।