
कैलाली । कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ ।
गम्भीर प्रकृतिका लक्षणसहित संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसियु, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ भएका छन् ।
सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका १६ भेन्टिलेटर भरिएका छन् ।
जसका कारण आइसियु आवश्यक पर्ने अन्य संक्रमित उपचारबाट वञ्चित भएका छन् । उक्त अस्पतालमा आइसियु चाहिने गम्भीर संक्रमितको संख्या १६ छ ।
१७ वटा भेन्टिलेटर रहेको अस्पतालमा अहिले १६ जनाको अक्सिजनमा राखेर उपचार भइरहेको हो । जटिल प्रकृृतिका संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरको अभाव भएको हो ।
आइसियु भरिएकाले अब जटिल संक्रमितलाई उपचार गर्न सक्ने अवस्था छैन । जटिल किसिमका संक्रमितलाई रेफर गर्नुको बिकल्प नरहेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुले भने कोरोना संक्रमणका कारण अवस्था नियन्त्रणबाहिर जान लागेको बताइरहेका छन् ।
कोरोना संक्रमण र गम्भीर लक्षण भएका संक्रमितको संख्या बढ्दै गएर अवस्था जटिल बनेको चिकित्सकहरु बताउँछन् ।
जटिल किसिमका संक्रमित बढेसंगै मृत्युदरपनि बढेको छ । जटिल प्रकृतिका संक्रमितको संख्या बढेसँगै आइसियु अभाव हुन लागेको छ यसले गर्दा अवस्था भयाभह हुन सक्ने चिकित्सकको भनाइ छ ।
कोरोना संक्रमणले कैलालीमा एकैदिन दुई जनाको ज्यान गएको थियो । होम आइशोलेसनमा रहेका कैलालीको टीकापुर नगरपालिका–१ का ४९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिका–४ का ५९ वर्षीय महिलाको मृत्यु भएको हो ।
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या दश हजार नाघेको छ भने ४० पुगेको छ । तर स्वास्थ्य निर्देशनालयले भने २५ जनाको मात्रै मृत्यु भएको दावी गरेको छ ।
प्रदेशभन्दा बाहिर भएर मृत्यु भएकाको तथ्याकं नजोडेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
स्वास्थ्य निर्देशनालयले भने उपचारका लागी भेन्टिलेटर र आइसियु थप्नमा लागेको दावी गरेको छ ।
बिश्वब्यापी रुपमा आएको कोरोनाका कारण देशभरीनै अभाव श्रृजना भएको भन्दै चाँडै भेन्टिलेटरको ब्यवस्थापन गर्ने तर्फ निर्देशनालयनै केन्द्रित छैन ।
प्रदेश सरकारले कोरोना उपचारमा निकै सक्रियता देखाएको दावी गरेपनि अहिलेनै भयाभह अवस्था श्रृजना हुन थालेको छ ।
भेन्टिलेटर र आइशियु अभावमा होम आइसोलेशनमै ज्यान गइरहेका बेला प्रदेशका मन्त्री भने उपकरण खरिद हुँदैछन भन्दै महिनौ टारिदिने गरेका छन् ।
यस्ता झुटा आश्वासनले जनताको स्वास्थ्यमाथी ठुलो खेलवाड भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्