१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केही नेवार समुदायले आज भाइटीका लगाउँदै


0
Shares

काठमाडौं । केही नेवार समुदायले आज भाइटीका लगाउँदै छन् । हिजो म्हः पूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउने भएका हुन् ।

आइतबार म्हः पूजा नगरेका नेवार समुदायले हिजो म्हः पूजा गरेका हुन् । म्हः पूजा गर्न नेवार समुदाय विभाजित भएका छन् ।

नेपाल संवतकै दिन आत्मा पूजा गर्नेले हिजो र अरू केहीले अस्ति बेलुका म्हः पूजा गरेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

हिजो नेपाल सम्वतको नयाँ वर्ष ११४१ मनाएर आत्मा पूजा गर्नेले आज भाइटीका लगाउँदैछन् । किजा पूजाका लागि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् ।

दिदीबहिनी नहुनेका लागि काठमाडौको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर आज पनि खुलेको छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एक पटक भाइटीकाका दिन मात्र खुल्ने गर्छ ।

तर यसपाली आज बिहान पनि केही समय द्वितीया तिथि रहेकाले आज भाइटीका लगाउनेहरूका लागि पनि मन्दिर खुला गरिएको हो ।

यसैबीच नेवारी समुदायको भाइटीका अर्थात किजा पूजाका लागि सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।