
काठमाडौं । कोरोना संक्रमणका कारण त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ तथा प्राध्यापक डा.सुनील झाको हिजो निधन भएको छ ।
एक महिनाअघि कोरोना पुष्टि भएसँगै उपचार गराइरहनुभएका डा. झाको हिजो निधन भएको हो । निमोनियाले ग्रसित उहाँको तीन सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
६२ वर्षीय झाले एक वर्षपछि सेवाबाट अवकाश लिँदै हुनुहुन्थ्यो ।
प्रतिक्रिया दिनुहोस्