
काठमाडौं । कोरोनाका कारण विभिन्न अस्पतालमा उपचार गराइरहेका थप ३ जनाको मृत्यु भएको छ ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका थप दुई महिलाको मृत्यु भएको छ ।
गएराति सुनसरी र तेह्रथुमका दुई महिलाको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको बराहक्षेत्र नगरपालिका–८ कि ३८ वर्षीया महिलाको उपचारकै क्रममा मृत्यु भएको हो ।
हिजो नै कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी, तेह्रथुमकी २० वर्षीया युवतीको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
रगत र श्वासप्रश्वास सम्बन्धी समस्याले पीडित युवतीमा कात्तिक ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यता भैरहवास्थित भीम अस्पतालमा पश्चिम नवलपरासीको बर्दघाट–१२ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ ।
गत कात्तिक २६ गते पीसीआर पोजिटिभ आई अस्पताल भर्ना भएका उनलाई गएराति हृदयघात भएको थियो ।
हृदयघातपछिको उचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । यता भैरहवामा पनि एक जनाको उपचाकाक्रममा आज निधन भएको छ ।
मृत्यु हुनेमा पश्चिम नवलपरासीको बर्दघाट–१२ का ६३ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।
गत कात्तिक २६ गते पीसीआर पोजेटिभ आई अस्पताल भर्ना भएका उनलाई गएराति हृदयघात भएको थियो ।
हृदयघातपछिको उचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्