१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चरेससहित दुईजना पक्राउ


0
Shares

काठमाडौं, मंसिर २ । वडा प्रहरी कार्यालय विर्ता, पर्साले चार केजी ८९० ग्राम चरेससहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा वीरगन्ज महानगरपलिकाका अभिषेक श्रीवास्तव र धिरज पटेल रहेका छन् ।

उनीहरुलाई वीरगन्ज महानगरपालिका–१६, मितेरी पुलनजिकै भारततर्फ जाँदै गरेको पैदलयात्रुहरुलाई चेकजाँच गर्नेक्रममा पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गंगा पन्तले पक्राउ परेकाहरुलाई लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।