२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


नेपाल र बंगलादेशले खेले बराबरी, तीन नेपाली खेलाडीको ‘डेब्यु’


0
Shares

काठमाडौं, मंसिर २ । नेपालले बंगलादेशविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ ।

बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार साँझ नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

योसँगै दुई खेलको ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ ।

पहिलो मैत्रीपूर्ण खेलमा गएको शुक्रबार बंगलादेशले नेपाललाई २–० ले हराएको थियो ।

दोस्रो खेलमा सुधारोन्मुख प्रदर्शन गर्नेक्रममा नेपालले केही आक्रामक प्रयास गरेपनि गोल गर्न सकेन ।

इन्जुरी समयमा नवयुग श्रेष्ठको हेड प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

तीन नेपाली खेलाडीको ‘डेब्यु’
यसै खेलमार्फत् नेपालका छिरिङ गुरुङ, पुजन उपरकोटी र सेसेहाङ आङ्देम्बेले ‘डेब्यु’ गरेका छन् ।

फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको हो ।