
काठमाडौं, साउन ११ । पत्रकार एवं गीतकार हरिराम पौडेलको गीतिसंग्रह ‘मेरो खुसी मेरो चाह’ सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री एवं गीतकार एसपी कोइराला, डा. कृष्णहरि बराल, डा. घनश्याम न्यौपाने परिश्रमी, चूडामणि देवकोटा, युवराज नयाँघरे, नवराज लम्साललगायतले पौडेलको पहिलो गीतिसंग्रहको संयुक्तरुपमा विमोचन गरे ।
कार्यक्रमका वक्ताहरुले गीतकार पौडेल सम्भावना बोकेको गीतकार भन्दै गीतियात्राको सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्