
काठमाडौं । मन्त्रिपरिषद बैठक आज बस्दैछ । नेकपा सचिवालय बैठकको पूर्व निर्धारित समयमै प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।
हरेक साता सोमबार र बिहीबार मन्त्रिपरिषद बैठक बस्ने गरेको छ । यसपटक सोमबार तिहार परेको थियो ।
नेकपाभित्र अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ ।
कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा ओलीको आलोचना गर्दै १९ पेजको प्रस्ताव पेश गर्नुभएको थियो ।
प्रचण्डको उक्त प्रस्ताव फिर्ता गरिनुपर्ने प्रधानमन्त्री ओली पक्षका नेताको भनाइ छ । तर प्रचण्डसहित सचिवालयका पाँच जना सदस्यहरूले त्यो प्रस्ताव प्रचण्डको एकल नभएकोले सचिवालय बैठकमै छलफल हुनुपर्ने बताएका छन् ।
नेकपाभित्र विवाद बढ्दै गएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो फरक–फरक समयमा अध्यक्षद्वय ओली र प्रचण्डसँग छलफलसमेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्