१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


तनहुँमा माइक्रो बस दुर्घटना हुँदा युवतीको मृत्यु


0
Shares

तनहुँ । मानहुँकोटमा माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

पर्यटक बोकेर घुम्न गएको ग १ ख २९४२ नम्बरको माइक्रो बस अनियन्त्रित भएर दुर्घटना हुँदा पोखरा महानगरपालिकाकी २८ वर्षिय सुनिता गुरुङको मृत्यु भएको हो ।

दुर्घटना परी ७ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनालाई थप उपचारका लागि पोखरा पठाइको छ भने अन्यको दमौलीमा उपचार भइरहेको छ ।

पोखराबाट तनहुँको मानहँकोट जान लागेको माइक्रो बसमा १५ जना सवार थिए ।