
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत दक्षिण अमेरिकी समुहको छनोट खेलमा ब्राजिलले उरुग्वेलाई पराजित गरेको छ ।
आज बिहान भएको खेलमा ब्राजिल २–० ले विजयी भयो । ब्राजिलका लागि अर्थर र रिचार्लीसनले एक एक गोल गरे ।
दोस्रो हाफमा एडिन्सन काभानीले रातो कार्ड खाएपछि १० खेलाडीमा समेटिएको उरुग्वे खेलमा फर्कन सकेन ।
जारी विश्वकप छनौटमा ब्राजिलको यो लगातार चौथो जित हो । दक्षिण अमेरिकी समुहकै अर्को खेलमा इक्वेडरले कोलम्बियालाई ६–१ ले पराजित ग¥यो ।
यसैगरी भेनेजुएलाले चिलीलाई २–१ ले हराउँदा पाराग्वे र बोलिभियाले २–२ गोलको बराबरी खेलेका छन् ।
आज बिहानका खेलहरुपछि दक्षिण अमेरिकी समुहको छनौटमा ४ खेलबाट १२ अंक जोडेको ब्राजिल शिर्ष स्थानमा छ ।
समान खेलबाट १० अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने तेस्रो स्थानको इक्वेडरको ९ अंक छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्