१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो भन्ने भ्रम पर्‍यो’


0
Shares

काठमाडौं, मंसिर ३ । सत्तारुढ दल नेकपाभित्रको आन्तरिक किचलोका कारण अहिलेको प्रणालीमाथि नै जनतामा भ्रम पैदा हुन थालेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले बताएको छ ।

नेकपाभित्र देखिएको आन्तरिक किचलोले अहिलेको प्रणालीमाथि जनताले आशंका गरिरहेको कांग्रेसको भनाइ छ ।

निर्वाचित भएर आएकाहरुले नै जनतामाथि विश्वासघात गरेकोले जनतालाई लोकतान्त्रिक प्रणाली नराम्रो हो भन्ने भ्रम परेको कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले टिप्पणी गर्नुभयो ।

जनतामाथि विश्वासघात गरेर नेकपा नेतृत्वको सम्पूर्ण ध्यान सत्ता कसरी जोगाउने भन्नेमा केन्द्रित भएको उहाँको आरोप थियो ।

उहाँले सरकार संवेदनशील नबनेका कारण महामारी नियन्त्रण बाहिर गएकोसमेत बताउनुभएको छ ।

डा. महतले सरकार महामारीबाट जनतालाई कसरी जोगाउनेभन्दा पनि औषधि खरिद र राहत वितरणमा समेत कसरी फाइदा उठाउने भन्ने अभियानमा रहेको आरोप लगाउनुभयो ।

महामारी नियन्त्रणमा सरकारले सुरुदेखि नै गम्भीरता देखाएको भए अहिलेको स्थिति नआउने उहाँको तर्क छ ।