१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवलपुरमा कारागार नहुँदा समस्या


0
Shares

नवलपुर, मंसिर ३ । नवलपुरमा कारागार नहुँदा जिल्ला प्रहरी कार्यालय नवलपुरलाई समस्या परेको छ ।

मुलुक संघीयतामा गएपश्चात् नवलपरासी दुई जिल्लामा विभाजन भएर नवलपरासी बर्दघाट सुस्ता पश्चिम र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा विभाजन भएपछि नवलपुर कारागारविहीन भएको हो ।

जिल्ला कारागार नहुँदा जोखिम मोलेर कैदीबन्दीलाई भरतपुर कारागार पठाउनुपरेकोे जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायब उपरीक्षक मोहन खाँडले बताउनुभयो ।

विभिन्न अपराधका मुद्दाहरु झेलिरहेका दोषीहरुलाई जिल्ला अदालत नवलपुरले कारागार चलान गर्ने आदेश दिएपछि भरतपुर कारागार पठाउनुपरेको छ ।

कारागार लैजाँदा कतिपय व्यक्तिहरु बीचबाटो बाटै फरार हुने खतरा बढेको उपरीक्षक खाँडले बताउनुभयो ।

उहाँले धेरै प्रहरी खटाउँदा कार्यालयमा जनशक्ति अभाव हुने गरेको जानकारी दिनुभयो ।