
काठमाडौं । यतिबेला छठ पर्वको रौनक छ । तराइमा यस पर्वको बेग्लै महत्व छ । छठको पूजा आराधनामा सहभागी महिलाहरुले शिरदेखि नाँकसम्म सिन्दुर लगाउने गर्छन ।
श्रीमानको दीर्घायूका लागि छठको समयमा यसरी सिन्दूर लगाउने पुरानो परम्परा रहेको पाइन्छ ।
चार दिनसम्म चल्ने छठ व्रत सबैभन्दा कठिन व्रतमध्येमा पर्छ । छठमा आफ्नो पति र पुत्रको रक्षा तथा दीर्घायुका लागि महिलाहरु भगवान सूर्यको निर्जला व्रत बस्छन् ।
भगवान सूर्यले धन, धान्य, समृद्धि आदि प्रदान गर्ने मान्यताका आधारमा व्रत बसी आराधाना गर्ने परम्परा चलिआएको हो ।
केही संस्कृतिमा महिलाको सिन्दुरको आकारमा पतिको सामाजिक प्रतिष्ठा प्रतिबिम्बित हुने मान्यता छ ।
जुन महिलाले आफ्नो सिन्दुरलाई कपालमा लुकाउँछिन्, उनको पतिको प्रतिष्ठा पनि समाजमा लुक्ने वा घट्ने विश्वास रहिआएको छ । अथवा समाजले पतिलाई सम्मान वा महत्व नदिने जनविश्वास छ ।
विशेषतः छवको अवसरमा नाकसम्म लामो सिन्दुर लगाएर महिलाले आफ्ना पतिको दीर्घायुका साथै मानप्रतिष्ठाको पनि कामना गर्ने चलन छ ।
मिथिला संस्कृतिमा महिलाले शिरमा लगाउने सिन्दूरले पतिको आयु र प्रतिष्ठा बढाउने मान्यता रहेको संस्कृतिविद्हरुको भनाइ छ ।्
छठ पूजाको क्रममा जुन महिलाले लामो गाढा पहेंलो सिन्दूर लगाउँछन्, छठ माताको कृपाले उसको पतिको आयु बढ्ने र ‘सदा सुहागन रहने’ मान्यता रहेको छ ।
छठ पूजामा महिलाहरु छठ माताको पूजा गर्दै ३६ घण्टा लामो निर्जला व्रत बसेर आफ्ना सन्तानहरुको सुख–समृद्धि तथा सु(स्वास्थ्यको कामना गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्