१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोना महामारीकै बीच १० नेपाली र ५७ विदेशीले गरे हिमाल आरोहण


0
Shares

काठमाडौं । कोरोना महामारी जारी रहेको बेला हिमाल आरोहण खुला गरेसँगै कात्तिक १ गते यता ६७ जनाले हिमाल आरोहण गरेका छन् ।

आरोहणका चार सिजनमध्ये वसन्तपछि शरदकालीन आरोहणमा यस पटक ११ पटक दलका लागि ५७ जना विदेशी र १० जना नेपालीले अनुमति पाएका थिए ।

यसवर्ष सरकारले ६ वटा हिमाल आरोहणका लागि अनुमति दिएको छ ।

जसमा ७ हजार १ सय २९ उचाइको वरुण, ८ हजार १ सय ६३ मिटर उचाइको मनास्लु, ६ हजार १ सय ५१ मिटर उचाइको ग्याल्जेन पिक, ६ हजार १ सय १९ मिटर उचाइको लोबुचे र ६ हजार ८ सय १४ मिटर उचाइको आमदब्लम हिमाल आरोहणका लागि अनुमति जारी गरीएको हो ।

कोरोना महामारी सुरु हुनुअघि तीस वटा हिमालमा करिब १ सय ५० जना विदेशी र नेपालीहरु हिमाल आरोहणमा जाने गरेका थिए ।

अब शरदयामको हिमाल आरोहण सकिएको छ । ११ मध्ये ६ वटा टोलीले हिमालको आरोहण सकेर फर्किएका छन् ।

पाँचवटा टोलीमध्ये दुईवटा हिमलुङ र तीनवटा आमदब्लम हिमाल आरोहणको क्रममा रहेका छन् ।

यस वर्ष बहराइन र कतारका राजपरिवारका सदस्यले पनि हिमाल आरोहण गरेका छन् ।