१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


स्मार्ट सार्वजनिक शौचालय उद्घाटन


0
Shares


काठमाडौं, मंसिर ४ । आज विश्व शौचालय दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ

देश खुला दिसामुक्त घोषणा भएपनि शौचालयको प्रभावकारी प्रयोग नभइरहेको अवस्थामा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाईंदैछ ।

खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि अझै कतिपय शौचालय अव्यवस्थित र प्रयोगविहीन छन् ।

दिवसकै अवसरमा बिहीबार ललितपुर महानगरपालिकाको पाटन, मंगलबजारमा बनेको स्मार्ट सार्वजनिक शौचालय उद्घाटन गरिएको छ ।

महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले महानगरपालिकाभित्र खाली जग्गामा पार्क निर्माण गर्नेदेखि लिएर महानगरलाई प्रविधिमैत्री बनाउने काम पनि भइरहेको बताउनुभयो ।

सो सार्वजनिक शौचालय अपांगता, वृद्धवृद्धा र महिलामैत्री छ । साथै, महिलाहरुको महिनावारीमा प्रयोग हुने स्यानिटरी प्याड पनि मेसिनबाट आफैं निकाल्न सकिने व्यवस्था रहेको छ ।

एरोसान स्टेनेबल स्यानिटेसनले २५ लाख रुपैयाँको लागतमा शौचालय निर्माण गरेको हो ।

शौचालय भवन र बायोग्यासलगायतका अरु सुविधाहरुसमेत रहेकाले लागत २५ लाख पुगेको एरोसानका राष्ट्रिय प्रतिनिधि प्रकाश अमात्यले बताउनुभयो ।

विश्वमा सुरक्षित शौचालयको अभावमा हुने फोहोरका कारण झाडापखाला लागेर हरेक वर्ष एक लाख १५ हजार बालबालिकाको मृत्यु हुने गरेको छ ।

विश्वमा अझैपनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर रहेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

विश्वव्यापी दिगो विकासको लक्ष्यअन्तर्गत् सन् २०३० सम्म हरेक व्यक्तिको पहुँच शौचालयमा पुग्ने लक्ष्य तय गरिएको छ ।