१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानमा एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित, सरकारी अधिकारी चिन्तित


0
Shares

टोकियो, मंसिर ४ । कोरोनाभाइरसको महामारी फैलिएको जापानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएका छन् ।

अर्को वर्ष ओलम्पिक आयोजना गर्न लागेको जापानका सरकारी अधिकारीहरु महामारी थप फैलिँदै गएपछि चिन्तित पनि भएका छन् ।

महामारी नियन्त्रण गर्नका लागि अन्य देशहरुको तुलनामा राम्रो व्यवस्थापन तथा नियन्त्रण गरेको जापानमा अहिलेसम्म दुई हजारभन्दा कमको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा दुई हजार १७९ जना संक्रमित भएका हुन् ।

एकैदिनमा दुई हजारभन्दा बढी संक्रमित भएको यो पहिलोपटक भएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

भाइरसको महामारी बढ्दै गएपछि प्रधानमन्त्री योशिहिडे सुगाले उच्च सतर्कता अपनाउन सबैलाई आह्वान गर्नुभएको छ । उहाँले मास्कको प्रयोग गर्नपनि आग्रह गर्नुभएको छ ।