
काठमाडौं । स्पेनिस टेनिस खेलाडी रफाइनल नदाल वर्षको अन्तिम प्रतियोगिता एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
गएराति भएको खेलमा ग्रिसका स्टेफानोस सित्सिपासलाई २–१ को सेटमा हराउँदै नदाल सेमिफाइनलमा पुगेका हुन् ।
सित्सीपास विरुद्धको खेल विश्व नम्बर एक नदालले ६–४, ४–६ र ६–२ को सेटमा जिते । नदालले अब सेमिफाइनलमा रुसका डानिल मेदभेदेवको सामना गर्नेछन् ।
नदाललाई यसपटक एटिपी फाइनल्सको उपाधिको मुख्य दावेदार मानिएको छ । ग्रान्डस्लाम टेनिसमा सर्वाधिक सफल खेलाडी नदालले अहिलेसम्म एटिपी फाइनल्सको उपाधि भने जित्न सकेका छैनन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्