
काठमाडौं । चीनले हङकङको आन्तरिक मामिलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाले अनावश्यक चासो देखाएको भन्दै विरोध जनाएको छ ।
पश्चिमा देशहरुले गठबन्धन बनाएर हङकङको आन्तरिक मामिलामा चासो देखाएको भन्दै चीनले असन्तुष्टि व्यक्त गरेको हो ।
चीनले हङकङमा निर्वाचित व्यवस्थालाई अयोग्य ठहर गर्दै नयाँ नियम लगाएको ती राष्ट्रहरुको आरोप छ ।
चीनमाथि आफ्ना प्रतिनिधि चयन गर्ने हङकङका नागरिकको स्वतन्त्र अधिकारको हनन गरेको आरोप लागेको छ ।
चिनियाँ विदेश मन्त्रालयले हङकङको आन्तरिक मामिलामा चासो नदेखाउन चेतावनी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले गठबन्धन गरेर चीनको कदमको विरोध नगर्न आग्रहसमेत गरे ।
हङकङले चार जना सांसदलाई विधायिकाबाट निष्कासन गरेको थियो । हङकङको प्रस्तावलाई बेइजिङले समर्थन गरेपछि राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै ती सांसदहरुलाई निष्कासन गरिएको बताइएको छ ।
उक्त कदमपछि हङकङका प्रजातन्त्र समर्थक सबै सांसदहरुले सामुहिक राजिनामा दिएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्