
काठमाडौं । अमेरिकाको जोर्जियामा भएको पुनः मतगणनामा पनि राष्ट्रपति निर्वाचित जो बाइडन नै विजयी हुनुभएको छ ।
जोर्जिआमा बाइडनले राष्ट्रपति ट्रम्पलाई १२,२८४ मतले हराउनुभएको हो । जोर्जिआका मन्त्री ब्राड राफेनस्पेर्गरले हातैले गरिएको पुनः मतगणनाले नतिजा परिवर्तन नगरेको बताउनुभयो ।
पुनः मतगणनामा कुनै पनि काउन्टीमा मतगणनामा गल्ती ०.७३ प्रतिशतभन्दा बढी नरहेको र बाइडनले कुल मतमा ट्रम्पलाई ०.५ प्रतिशतभन्दा कम मतले हराएको नतिजाको पुनर्पुष्टि भएको छ ।
जोर्जिआमा रिपब्लिकनका तर्फबाट मतदान प्रणालीमा प्रतिनिधित्व गरेकी ग्राबियल स्टेरलिङले जोर्जिआमा मतदान मेशिनले कुनै गडबड नगरेको प्रमाणित भएको बताउनुभयो ।
बाइडनले ट्रम्पले नजित्ने कुरामा आफू ढुक्क भएको र राष्ट्रपतिले गैरजिम्मेवारीपन देखाएको प्रतिक्रिया दिनुभयो ।
नोभेम्बर ३ मा भएको राष्ट्रपतीय निर्वाचनमा बाइडनले ५९ लाखभन्दा बढी मत प्राप्त गर्नुभएको छ । उहाँले ३०६ देखि ३२२ इलेक्टलर कलेज मत जित्ने अनुमान गरिएको छ। बीबीसी
प्रतिक्रिया दिनुहोस्