१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


चिनियाँ विदेशमन्त्री वाङ यी नेपाल आउने


0
Shares

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल भ्रमणमा आउने तयारी भएको छ ।

नोभेम्बर अन्तिममा उहाँले केही घण्टाका लागि नेपाल आउने तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

भ्रमणको क्रममा विदेशमन्त्री यी ले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ ।

यसअघि सन् २०१४ र २०१९ मा पनि वाङ यीले नेपाल भ्रमण गर्नुभएको थियो । दक्षिणी छिमेकी भारतका विदेश सचिव हर्षवर्धन श्रृंगला पनि नोभेम्बर अन्तिम साता नै नेपाल भ्रमणमा आउने बताइएको छ ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएका बेला चिनियाँ विदेशमन्त्री आउन लागेको विषयले धेरैको ध्यान खिचेको छ ।

नेकपामा विवाद बढेका बेला चिनियाँ राजदूत र नेताहरूले सक्रियता बढाउने गरेको भन्दै आलोचनासमेत हुने गरेको छ ।