
विराटनगर, मंसिर ५ । श्रद्धालुहरुले छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन घर–घरमा जलकुण्ड निर्माण गरेका छन् ।
छठमा सूर्यलाई अर्घ्य दिने समयमा भिडभाड बढी हुने र कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि स्थानीयले यस्तो गरेका हुन् ।
आस्था र विश्वासको छठ पर्व मनाउन श्रद्धालु भक्तहरुले आ–आफ्नै घरमा जलुकुण्ड निर्माण गरेका छन् ।
प्रशासनलेसमेत सुरक्षित रहेर चाडपर्व मनाउन अनुरोध गरिसकेको छ । घाटमा संक्रमणको जोखिम उच्च रहने भएपछि ब्रतालुका परिवारलेमात्र मनाउने गरी जलकुण्ड निर्माण गरिरहेका छन् ।
कतिपय ब्रतालुको आँगन वा छेउछाउमा कुण्ड निर्माण गर्ने जमिनसमेत नभएको अवस्थामा पनि घरमै मनाउने तयारी गरिरहेका छन् ।
घरमा कुण्ड बनाउने स्थान नभएपनि ठूलो भाडामा पानी थापेर सूर्यको आराधना गर्ने विराटनगरका सुवास कामत बताउनुहुन्छ ।
आफ्नो घरमा कुनै कुण्ड निर्माण गर्न र सूर्यलाई अर्घ्य दिन उपाय नै नहुनेहरुलेमात्र घाटमा जाने तयारी गरिरहेका छन् ।
घरमा जलकुण्ड निर्माण गर्ने स्थान नभएकोले खोलामा निर्माण गर्न लागिएको विराटनगरका सञ्जयकुमार कामतले बताउनुभयो ।
कटहरी–१ की एक ब्रतालु महिलाले सूर्यको आराधना गर्न सिंघिया खोलामा दिने भनेपनि नजाने बताउनुभयो । उहाँको परिवारले पूजाको लागि आफैं जलकुण्ड निर्माण गरेको छ ।
आस्था र विश्वासको छठ पर्व मनाउन अधिकांश श्रद्धालुले सुरक्षित रहनेगरी आ–आफ्नो तरिकाले मनाउने तयारी गरिरहेका छन् ।
यता, कोरोना महामारीले थालपरेको विराटनगरको व्यपार–व्यावसाय राम्रो हुने आस पलाएको व्यवसायीहरुले बताएका छन् ।
जोगवनी नाका ‘सिल’ भएपछि नेपाली उपभोक्ताले छठ पर्वमा गरेको खरिदको कारोबारले व्यपार उभो लाग्ने आस पलाएको खुद्रा व्यापार संघ विराटनगरका अध्यक्ष सञ्जयसिंह मण्डल बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्