
प्रतीकात्मक ।
दाङ, मंसिर ५ । मालपोत कार्यालय दाङ, तुलसीपुरका दुईजना कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जको टोलीले शुक्रबार कार्यालयका दुईजना कर्मचारीलाई तीन लाख २० हजार रुपैयाँ रकमसहित रंगेहात पक्राउ गरेको हो ।
घुस रकमसहित पक्राउ पर्नेमा मालपोत कार्यालयका तामेली फाँटका वरिष्ठ नायब सुब्बा पुष्पराज गिरी र कार्यालय सहयोगी मीनराज गैरे रहेको अख्तियार कार्यालय नेपालगन्ज प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।
उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रमुख गैरेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्