२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सुरेन्द्र पाण्डेको कार्यक्रममै कार्यकर्ताले गरे विरोध, दिए चेतावनी


0
Shares

चितवन, मंसिर ६ । सत्तारुढ दल नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले गुटको कुरा गरेको भन्दै उहाँ उपस्थित कार्यक्रममा कार्यकर्ताले विरोध गरेका छन् ।

शनिबार चितवन क्षेत्र नम्बर–१, राप्ती नगरपालिका कमिटीले आयोजना गरेको कार्यक्रममा पाण्डेले विकास निर्माणभन्दा केन्द्रमा भएको विवादलाई लिएर एकपक्षीय बोलेको भन्दै केही कार्यकर्ताले विरोध गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अनावश्यक आक्षेपहरु लगाउँदै आएको भन्दै कार्यकर्ताले गुटको राजनीतिक नगर्न चेतावनीसमेत दिएका थिए ।